महाभूकम्पको आतङ्क फैलाउने ‘ज्योतिष’ पक्राउ

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २१, २०७६ मंगलबार | 0

काठमाडौं । नेपालमा फेरि महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’लाई प्रहरीले पक्राउ गरेको छ । 

सर्वसाधारणमा भ्रम सिर्जना गरेको र आतङ्क फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनले युट्युव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतङ्क फैलाएका थिए । 

उनले फैलाएको अफवाहको भ्रममा मानिसहरु त्रसित रहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट उनलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय