रोयल इनफिल्ड क्लासिकको नयाँ मोडलको बाइक बजारमा

ehulaki
----------------- | जेठ २१, २०७६ मंगलबार | 0

काठमाडौं । ‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड गु्रपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मोडलको नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो ।

ग्रे कलरमा सजिएको सो मोटरसाईकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ। नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाईकल बजारमा ल्याइएको र यसको मूल्य चालु आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढने विवेक अटोमोवाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिए ।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत् सो मोडलका मोटरसाईकलको विक्री वितरण खुला गरिएको पनि जनाएको छ। अत्याधुनिक प्रविधियुक्त भनिएको सो मोटरसाईकल सुरक्षित र भरपर्दो हुने सो कम्पनीको दावी छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय