प्रियङ्काको यस्तो चाहना : आफू प्रधानमन्त्री र पति निक राष्ट्रपति

ehulaki
एजेन्सी | जेठ २१, २०७६ मंगलबार | 0

भारत । बलिउडकी चर्चित नायिका प्रियङ्का चोपडाले आफ्नो अनौठो चाहना व्यक्त गरेकी छन् । भारतीय एक अनलाइन पत्रिकासँग कुराकानी गर्दै चोपडाले आफू भविष्यमा भारतको प्रधानमन्त्री बन्ने दौडमा सामेल हुने बताएकी छन् ।

नायिका प्रियङ्काले भनेकी छन्, ‘म भविष्यमा भारतको प्रधानमन्त्री बन्ने दौडमा सामेल हुने चाहना छ ।’ नायिका प्रियङ्काले आफ्नो अन्तर्वार्तामा आफू प्रधानमन्त्री बन्ने र आफ्नो पति पपस्टार निक जोनसलाई भविष्यमा राष्ट्रपतिको रुपमा देख्न चाहेको पनि बताएकी छन् ।

प्रियङ्काले भनेकी छन, ‘म भारतको प्रधानमन्त्री बन्ने दौडमा सामेल हुन चाहन्छु ।’ उनले आफ्नो पति निक जोनसको बारेमा चाहिँ उनी राष्ट्रपति बन्ने दौडमा सामेल भएको देख्न चाहन्छिन् । प्रियङ्काले भनिन् ‘राजनीतिसँग जस्तो चिज जोडिएको हुन्छ, त्यो मलाई मन पर्दैन । तर म यो जान्दछु कि हामी दुई वास्तवमै एक परिवर्तन चाहन्छौं ।’ 

यद्यपि प्रियङ्काले यो पनि भनेकी छन् कि उनी आफ्नो जीवनको दौरानमा गैरराजनीतिक रहने कोसिस गरेकी छन्, यसकारण कि उनी मानिसहरुलाई मनोरञ्जन दिन चाहन्छिन् । यद्यपि उनले यो कुरालाई अस्वीकार गरेकी छैनन् कि निक एक महान नेता बन्न सक्छन् । प्रियङ्काले भनेकी छन्, ‘उहाँ फेमिनिष्ट शव्द प्रयोग गर्न डराउनु हुँदैन, जो मलाई राम्रो लाग्छ ।’

नायिका प्रियङ्का चोपडा यतिबेला सलमान खानको फिल्म ‘भारत’ले गर्दा चर्चामा छिन् । किनकि प्रियङ्काले यो फिल्म छोडेपछि कटरीनालाई यो फिल्मको लिडिङ रोलमा ल्याइएको थियो । फिल्मको प्रचारप्रसारको सिलसिलामा सलमान अहिलेसम्म जहाँजहाँ गए, त्यहीं त्यहीं प्रियङ्काले आफ्नो चलचित्र छोडेको विषयमा निन्दा गर्दै आएका छन् । यद्यपि, प्रियङ्काले छिटै फिल्म ‘द स्काई इज पिंक’को काममा देखिने छिन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय