फेरि बढ्यो सुनको भाउ

ehulaki
----------------- | जेठ २२, २०७६ बुधबार | 0

काठमाडौं । आज बुधबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

आज सुनसँगै चाँदीको भाउपनि बढेको छ। आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।


काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय