१० लाख घुस लिने इन्स्पेक्टर अख्तियारको फन्दामा

ehulaki
----------------- | जेठ २२, २०७६ बुधबार | 0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक (इन्स्पेक्टर)लोकबहादुर जिसीलाई नियन्त्रणमा लिएको छ ।

नक्कली चालक राखेर मुद्धा मिलाउन लाखौँ रकम लिएको अभियोगमा मङ्गलवार इलाका प्रहरी कार्यालय गौडाकोटका प्रहरी निरीक्षक जिसीलाई अख्तियारले नियन्त्रण लिएको हो ।

निरीक्षक जिसीले गत वैशाख ११ गते बोधराज पाण्डेयले चलाएको जिपले ठक्कर दिएर मोटरसाइकलको पछाडि बसेको एक महिलाको मृत्यु भएको थियो । महिलाको मृत्यु भएपछि पाण्डेयले १० लाख रुपैयाँ दिएर नक्कली चालक खडा गर्न अनुरोध गरेका थिए ।

प्रहरी निरीक्षक जिसीले पैसाको लोभमा पाण्डेको ठाउँमा किसुन महतोलाई नक्कली चालक बनाएर उम्काएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय