काठमाडौंको भृकुटीमण्डपमा घरेलु प्रर्दशनी सूरु

ehulaki
----------------- | जेठ २२, २०७६ बुधबार | 0

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ सुरु भएको छ।

स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो प्रर्दशनीको बुधबार एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन्।

उद्योग विभाग तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको संयुक्त आयोजनामा सुरु भएको प्रर्दशनीको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले नेपाली बस्तुहरु राम्रो रहेको उल्लेख गर्दै यसको ब्राण्ड बनाउन लागि पर्न सबै उद्योगीहरुलाई आह्वान गरे।

नेपाली वस्तु राम्रो रहेको र यसको ब्रान्ड बनाउन आवश्यक रहेको उनको भनाई थियो। कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले स्वदेशी वस्तुको उत्पादन बढाउन आवश्यक बजेट, नीति तथा कार्यक्रम ल्याएको बताए।

उनले नेपाली बस्तुको निर्यात बढाउने गरी आगामी आर्थिक वर्षको बजेटमा भन्सार दरमा समायोजन तथा बैंकबाट सरल व्याजमा कर्जा प्रवाहको व्यवस्था मिलाइएको पनि बताए।

५ दिनसम्म चल्ने प्रर्दशनीमा ७७ वटै जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय वटा स्टलहरु राखिएका छन्। प्रर्दशनीको १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने तथा ५ करोड बढी आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय