नाकको हड्डी भाच्न एक करोड !

ehulaki
----------------- | जेठ २३, २०७६ बिहिबार | 0

मोरङ — सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्ट्याएको छु भन्नुभएछ नि रु’


जबाफमा चौधरीले भने, ‘एक करोड हैन, दस करोड लाग्यो भने पनि सिध्याउँछु, रिस उठ्यो भने ।’

यो त कानुनलाई हातमा लिने काम भएन र भन्ने प्रश्नमा उनको जबाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नुस् । त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु । इटहरीमा यस्तै शासन चल्छ ।’
अन्तर्वार्तामा उनले आफू नेकपा कार्यकर्ता भएको उल्लेख गर्दै भनेका छन्, ‘नेकपाको कार्यकर्ता हो, द्वारिक चौधरी । प्रदेश नं १ को सदस्य । मेरो नेतालाई सुनाइदिनु होला तपाईँको कार्यकर्ता त जब्बर रहेछ । केपी ओलीलाई सुनाइदिनुस् । माधव नेपाललाई सुनाइदिनुस् । प्रचण्डसँग त अस्ति आइरहेछु हात मिलाएर ।’यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय