'मोस्ट वान्टेड' सूचीमा रहेका गुण्डा नाइके राधे पक्राउ

ehulaki
----------------- | जेठ २३, २०७६ बिहिबार | 0

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका  गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी पक्राउ परेका छन् । उनलाई प्रहरीले हतियारसहित धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ गरेको हो । 

ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि प्रकाउ गरिएको प्रहरीले  जनाएको छ । पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ 

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् ।

दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय