फेरि बढ्यो सुनको भाउ

ehulaki
ई-हुलाकी | जेठ २३, २०७६ बिहिबार | 0

 

काठमाडौं । आज (बिहीवार) सुनको भाउ ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ६२ हजार ३ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो (बुधबार) ६२ हजार रुपैयाँमा कारोबार भएको थियो । 
त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजारमा कारोबार भईरहेको छ।  हिजो ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मुल्य भने स्थीर रहेको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय