विश्व कप क्रिकेटमा सट्टेवाजी गर्ने ३ जना पक्राउ

ehulaki
----------------- | जेठ २३, २०७६ बिहिबार | 0

विश्व कप क्रिकेटमा सट्टेवाजी गर्ने ३ जना पक्राउ
काठमाडौं । इंग्ल्याण्ड एण्ड वेल्समा जारी विश्व कप क्रिकेटका खेलमा सट्टेवाजी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ईन्डियन प्रिमियर लिग क्रिकेट, बिश्‍वकप क्रिकेट, च्याम्पियनसिप फुटवल समेतका खेलमा  सट्टावाजी गरी अबैध रुपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । मंगलबार काठमाडौंबाट पक्राउ परेका उनीहरुलाई बिहीबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चे घर भएका ३६ वर्षीय बज्र प्रकाश लामा, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चे घर भएका ३० वर्षीय बिद्युत प्रकाश लामा र काठमाडौं महानगरपालिका–१५ रानीवन बस्ने रामेछाप लिखु गाउँपालिका–२ सैपु घर भएका ३३ वर्षीय उमेश कार्की रहेका छन् ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट सट्टावाजीमा प्रयोग भएको १ लाख रुपैयाँ नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय