यी हट एक्ट्रेसका कारण उजाडियो प्रभु देवाको घरबार

ehulaki
----------------- | जेठ २४, २०७६ शुक्रबार | 0

काठमाडौं। हट एक्ट्रेस नयनतारा साउथ फिल्मकी सबैभन्दा बढी चर्चित र विवादास्पद हस्तिमध्ये एक हुन्। कुनै बेला गुजरातको सहर जामनगरमा विद्यार्थी रहेकी नयनताराका नाम दुई कारणले निकै चर्चामा रह्यो। पहिलो, साउथ फिल्मका सुपरस्टार डान्सर प्रभु देवासँग बिहे गर्नको लागि इसाइ धर्म छोडेर हिन्दू बन्नु र दोस्रो शाहरुख खानको फिल्म चेन्नाइ एक्सप्रेसमा आइडम नम्बर गर्न अस्वीकार गर्नु। 

रजनीकान्तको ब्लकबस्टर फिल्म चन्द्रमुखीकी एक्ट्रेस नयनताराले प्रभु देवासँग बिहे गर्नको लागि हिन्दू धर्म अपनाएकी थिइन्। नयनतारा मूल रुपले इसाइ थिइन् र उनको जन्म बैंगलुरुको कट्टर इसाइ परिवारमा भएको थियो। उनको वास्तविक नाम डायना मरियम कुरियन हो। नयनताराका पिता कुरियन कोरिदात्तु एयरफोर्समा थिए र आमा ओमाना कुरियन गृहिणी हुन्। पिता एयरफोर्समा भएका कारण विभिन्न शहरमा जानुपर्ने हुँदा नयनताराले पनि चेर्न्न, जामनगर, थिरुवला र दिल्लीमा पढेकी थिइन्। 

नयनताराले सन् २००८ मा प्रभुदेवासँग डेटिङ सुरु गरेकी थिइन्। २०१० मा प्रभुदेवाकी पत्नी लताले अदालतमा प्रभुदेवा–नयनतारा लिभ इन रिलेसनसिपमा रहेको भन्दै निवेदन दिइन्। यसपछि लताले धम्की दिइन् ‘यदि उनीहरुको विवाह भयो भने भोकहडताल गर्छु।’ महिला संगठनहरुले नयनताराविरुद्ध तमिल संस्कृतिलाई बदनाम गरेको भन्दै प्रदर्शनसमेत गरेका थिए। 

प्रभुदेवाले विवाहको १६ वर्षपछि पत्नीसँग छुट्टिने फैसला गरे र जुलाइ २०११ मा उनीहरुको सम्बन्धविच्छेद भयो। तर, लगत्तै २०१२ मा नयनताराले भनिन् ‘प्रभुदेवासँग उनका सबै नाताहरु सकिइसकेका छन्।’ पत्नी लतासँगको सम्बन्धविच्छेदले प्रभुदेवा संकटमा परे। उनले आफ्नी पत्नीलाई १० लाख रुपैयाँ गुजारा भत्ता दिनुपर्‍यो। त्यसबाहेक आफ्नो सम्पत्ति पनि दिनुपर्‍यो जसको मूल्य २०/२५ करोड रुपैयाँ थियो। साथमा २ कार र अन्य सम्पत्ति पनि उनले पत्नी लतालाई दिएका थिए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय