उत्कृष्ट स्वास्थ्यकर्मी र संस्था सम्मानित

ehulaki
रासस | जेठ २४, २०७६ शुक्रबार | 0

बेझाड । रामपुर नगरपालिकाले स्वास्थ्य सेवा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ ।     
     
सम्मानित हुनेहरुमा गाडाँकोट स्वास्थ्य चौकीका निशा सारु, दर्छा स्वास्थ्य चौकीका कृष्णप्रसाद वाग्ले, रामपुर अस्पतालका धनबहादुर सारु, खालिवन स्वास्थ्य चौकीका अनिताकुमारी खड्का र गेझा स्वास्थ्य चौकीका श्रीकान्ती भण्डारी रहेका छन् । त्यस्तै रामपुर नगरपालिकाभित्र रहेका नौ स्वास्थ्य संस्थामध्ये गाडाँकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको छ ।     
     
पूर्ण खोप प्रमाणीकरण तथा सुनिश्चितता नगरपालिका घोषणा कार्यक्रमका अवसरमा बिहीबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले ती स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सम्मानपत्रद्वारा सम्मान गरे ।     
     
सो अवसरमा प्रदेशसभा सदस्य खनालले सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसारको जनताले सेवा पाउन नसकिरहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीले सदरमुकामबाहेक गाउँगाउँमा बसेर सेवा दिन नचाहँदा गाउँमा सञ्चालित स्वास्थ्य संस्थामा कर्मचारी अभावको समस्या रहेको बताए ।     
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय