'गलबन्दी'का गायक सपुतलाई आईजिपी खनालको फोन

ehulaki
----------------- | जेठ २४, २०७६ शुक्रबार | 0

काठमाडौं । पछिल्लो समय युट्युवमा ट्रेन्डिङ नम्बर वानमा रहेको गीत गलबन्दीका गायक प्रकाश सपुतलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिएका छन् । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केकोमा धन्यवाद दिँदै निरन्तरताको लागि शुभकामना दिएका छन् ।

गायक सपुतले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ‘गलबन्दी’ को सफलता सम्पूर्ण संगीतकर्मीका लागि भएको बताएका छन् । सपुतले फेसबुकमा यस्तो लेखेका छन् । 

''म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ ।

हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ।

यो पर्सनल्ली मेरो र बोलमायार गल्बन्दी टिमको भन्दा पनि समग्र लोक संगितकर्मी लागि सुखद कुरा हो जस्तो लाग्छ । गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्ततस् नेपालीलाई नेपालीपन नै मन पर्ने रै’छ भन्ने कुरा गीत संगित, चलचित्र, साहित्य सबैतिर पुनर्विचार हुन थालेको छ । हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।''

आखिर किन अत्यधिक रुचाइयो ‘गलबन्दी’?

करिब एक वर्षअघि गायक सपूतले ल्याएको गीत ‘बोल माया’ ले सांगीतिक क्षेत्रमा ठूलै उथलपुथल ल्याएको थियो । परदेसिएका पतिको शव कफिनमा बन्द भएर आएपछिको अवस्थामा विरह भाकामा व्यक्त उक्त मार्मिक लोकगीतले धेरैको मन छोयो ।

त्यसपछि 'गलबन्धी' बजारमा ल्याएका सुपतको यो गीत शब्द र भाका र पृथक् प्रस्तुती अनि म्युजिक भिडियोले यो गीत धेरैले मन पराएका छन् । गीत सार्वजनिक भएसँगै यो गीत ब्याकग्राउण्ड राखेर बनाइएका थुप्रै ट्रोल ले पनि गीत धेरै जना समक्ष पुर्याउनमा ठुलो मदत गर्यो  । 

केही दिनदेखि निरन्तर ट्रेन्डिङको पहिलो नम्बरमा रहन सफल यस गीतलाई २३ हजार बढि प्रतिक्रिया आएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय