लम्कीमा ५१ शैय्याको अस्पतालको शिलान्यास

ehulaki
रासस | जेठ २४, २०७६ शुक्रबार | 0

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ ।

सो ५१ श्यैया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गरेका हुन् । उनले अस्पताल निर्माण भएमा लम्कीचुहा नपा, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचारमा सहज हुने बताए ।

लम्कीचुहाका प्रमुख महादेव बजगाईंले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण हुनथालेको हो । नगरपालिकाले गाडी किन्न छुट्याएको रु ७५ लाख रकम छुट्याएको थियो । नगरकार्यपालिकाको बैठकले थप रु १५ लाख रकम थपेपछि अस्पताल निर्माणमा रु ९० लाख खर्च गरिने भएको छ ।

प्रमुख बजगाईंले निर्णय गरेपछि रु ३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट रु एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउदले पूर्वाधार विकास कोषबाट रु एक करोड १३ लाख विनियोजन गरेका छन् ।

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अस्पतालका लागि आवश्यक जग्गा चुहास्थित राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले साढे पाँच बिघा जमीन निःशुल्क उपलब्ध गराएको छ । उक्त अस्पतालको बिहीबार शिलान्यास गरिएको थियो ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय