सशस्त्रका जवान घुससहित नियन्त्रणमा

ehulaki
----------------- | जेठ २४, २०७६ शुक्रबार | 0

काठमाडौं । रौतहटस्थित हजमिनियामा रहेको सशस्त्र प्रहरी बल ११ नं गणमा कार्यरत एक सशस्त्र प्रहरी जवान सीमानाकामा व्यवसायीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।

सादा पोसाकमा रहेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

पहिले नै सूचना पाएको अख्तियारको टोली महोत्तरीको बर्दीबासबाट गएको थियो। उनले नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहयोग गर्ने भन्दै घुस लिएका थिए ।

उनी गौर नगरपालिका ४ हनुमानचोकमा रहेको खुस्बु मोटरसाइकल वर्कशपबाट बिहीबार पक्राउ परेका हुन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय