आइतबार सार्वजनिक विदा

ehulaki
----------------- | जेठ २४, २०७६ शुक्रबार | 0

काठमाडौं । गृहमन्त्रालयले जेठ २६ गते काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा अनुसार हिजो रथलाई लगनखेलको थतिटोलबाट तानेर जावलाखेलमा पुरयाइएकोले यसको चौथो दिन २६ गते भोटो जात्रा देखाइने गुठी तहसिल कार्यालय ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

बिभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ । मच्छिन्द्रनाथको साइत हेर्ने ज्योतिष खलकका सदस्य दैवज्ञ किर्तिमदन जोशीका अनुसार देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो । साथै यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय