युवकमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ

ehulaki
----------------- | जेठ २४, २०७६ शुक्रबार | 0

काठमाडौं । काठमाण्डौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगर रहेका छन् ।

कोटेश्वरस्थित एसओएस मोड नजिक मगर लगायतका ४ जनाको समूहले शेर्पालाई कुटपिट तथा धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटना भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो । घाइते निमा शेर्पालाई उपचारको लागि सिभिल अस्पताल मिनभवन लगिएको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय