अत्तरखेलमा गोली हानेर लुटेरा पक्राउ

ehulaki
----------------- | जेठ २४, २०७६ शुक्रबार | 0

काठमाडौं । काठमाडौंको अत्तरखेलमा गोली हानेर प्रहरीले एक जना लुटेरालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको हो । बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो ।

प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय