बिदेशी सङ बिहे गर्दा सबै सपना चकनाचुर !

ehulaki
----------------- | जेठ २५, २०७६ शनिबार | 0

बेइजिङ । चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ परिवर्तित नाम नेपाल फर्कन सफल भएकी छन्। चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन्। उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो।

सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो। काठमाडौंमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए। बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए। हङकङ गएर पैसा कमाउन पाइयो भने त परिवारलाई भरथेग हुन्छ भनेर सुनिता चिनियाँसँग बिहे गर्न राजी भइन्। दलालले सुनितासँगै बहिनी विनितालाई पनि चिनियाँसँग बिहे गरेर पठाउन खोजेका थिए। तर नाबालक भएकाले उनी दलालको चंगुलमा पर्नबाट बचिन्।

२०७१ भदौ १८ गते सुनिता चिनियाँ नागरिक यिन स्याउपोसँग विवाह गरी चीन आएकी थिइन्। राजधानी बेइजिङनजिकै रहेको हपेई प्रान्तमा आएपछि सुनिताका कहालीलाग्दा दिन सुरु भए। उनले अमानवीय व्यवहार भोग्नुप¥यो। ‘मलाई सासूससुरा र लोग्नेले बारम्बार पिट्थे,’ उनले भनिन्, ‘तँलाई ल्याउन एक लाख चिनियाँ युआन खर्च भएको छ, त्यसको पुरताल गर्नुपर्छ भन्दै उनीहरूले मलाई बारम्बार यातना दिन्थे।’ सुनितालाई नेपालमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि दिइएन।

सुरुमा उनी चिनियाँ भाषा बुझ्दिनथिन्। बिस्तारै उनले चिनियाँ भाषा सिकिन्। उनले पछि थाहा पाइन्, पति यिनले उनीभन्दा पहिले दुईपटक बिहे गरेका रहेछन्। पहिलोपटक उनले भियतनामीसँग बिहे गरेका रहेछन्। सो विवाह सफल नभएपछि उनले नेपालबाटै शेर्पा चेलीसँग दोस्रो विवाह गरेका रहेछन्। ब्रेन ट्र्युमर भएपछि उनलाई नेपाल फर्काइदिएछन्। सुनिता उनकी तेस्री पत्नी थिइन्। दुई वर्षअघि सासूससुराको निधन भएपछि सुनिता नजिकैको एक प्लास्टिक उद्योगमा काम गर्न थालिन्। त्यहाँका साहुले सुनिताले काम गरेको पारिश्रमिक उनका पतिलाई नै दिन्थे। परिश्रमी सुनिताको कामबाट प्रभावित भएर पछिल्लो समय भने कम्पनीले केही पैसा उनलाई पनि दिन थालेको थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय