६० लाखको कृषि औजार वितरण

ehulaki
रासस | जेठ २५, २०७६ शनिबार | 0

रुकुमपश्चिम ।  चौरजहारी र सानीभेरी गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी र तरकारीको बीउ जोनले दुई स्थानीय तहका कृषकलाई ५० प्रतिशत अनुदानमा रू ६० लाख बराबरका कृषि औजार वितरण गरेको हो ।

दुई स्थानीय तहका कृषि समूह तथा कृषि सहकारीलाई १८ वटा मिनी टेलर, ६१ वटा स्प्रे ट्याङ्की र २५० वटा तरकारीको बीउ ओसाउने पङ्खा वितरण गरिएको हो । त्यसैगरी तरकारीको बिरुवा रोप्ने र ड्याङ बनाउने एक–एक थान उपकरण र बीउ स्टोर गर्ने ३५ वटा उपकरण पनि वितरण गरिएको जोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेश चन्दले जानकारी दिए । चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले उक्त सामग्री कृषकलाई हस्तान्तरण गरेकी हरुन् ।   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय