रुसले गर्यो आफ्नो इतिहासकै सर्वाधिक गोल, सान मारिनोमाथि शानदार जित

ehulaki
----------------- | जेठ २६, २०७६ आइतबार | 0

एजेन्सी । युरोकप फुटबल २०२० को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा रुसले शानदार जित दर्ता गरेको छ । समूह ‘आई’ मा रहेको रुसले सान मारिनोलाई ९–० ले हराएको हो ।

रुसको इतिहासमा यो उसको अहिलेसम्मकै फराकिलो जित हो । रुसको जितमा अर्टिओम डज्युबाले चार, फ्योडोर स्मोलोवले दुई तथा फ्योडोर कुड्रयाशोव र एन्टोन मिरान्चुकले एक एक गोल गरे । यस्तै सान मारिनोका मिचेल सेभोलीले आत्मघाती गोल गरे ।

रुसले यसअघि सन् १९९५ मा सान मारिनो र २०१५ मा लिचेस्टाइनलाई ७–० ले हराएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय