विश्वकप क्रिकेटः च्याम्पियन अस्ट्रेलियासँग बलियो भारत भिड्दै

ehulaki
----------------- | जेठ २६, २०७६ आइतबार | 0

एजेन्सी । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । ओभल मैदान लंडनमा हुने खेल नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । 

दुवै टिम विश्वकपको उपाधि दाबेदार भएकोले यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ। दुई खेलमा लगातार जित हासिल गरेको अष्ट्रेलिया  तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ । यस्तै भारत पनि दोस्रो जित हात पार्ने दाउमा छ ।

अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको अष्ट्रेलिया उच्च मनोबलमा छ । यता, भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

दुवै टिमको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ । आफ्नो दोस्रो खेलमा अष्ट्रेलियाका शीर्ष स्थानका ब्याट्सम्यान भने चल्न सकेका थिएनन् । डेभिड वार्नर, कप्तान एरोन फिन्च, उश्मन खवाजा, ग्लेन म्याक्श्वेल, मार्कुस स्टोइनिस सस्तैमा समेटिएका थिए । त्यसकारण भारतमाथि जित हात पार्नका लागि आज यी खेलाडी चल्नै पर्ने हुन्छ ।

यता, भारतका रोहित शर्माकै उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकामाथि जित हात पारेको थियो । भारतका सबै ब्याट्सम्यान लयमा रहेका छन् । यी दुई टोलीबिचको पछिल्लो पाँच खेलको नतिजा हुर्ने हो भने अस्ट्रेलिया लयमा देखिएको छ। पछिल्लो ५ खेल मध्ये अस्ट्रेलियाले भारतकै घरेलु मैदानमा ३ खेलमा पराजित गरेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय