जन्मदिनमा महानायक राजेश हमाल भन्छन्, २५ बर्षको भए, पिर पर्यो !

ehulaki
----------------- | जेठ २६, २०७६ आइतबार | 0

काठमाडौं । महानायक राजेश हमालको जन्मदिन आज परेको छ । १९६४ जुन ९ का दिन पाल्पाको तानसेनमा जन्मिएका महानायक हमाल ले चलचित्र ‘युगदेखि युग सम्म’ चलचित्र बाट नायकको रुपमा डेव्यू गरेका थिए ।

३ सय बढि चलचित्रमा काम गरिसकेका हमाल केहि बर्षदेखि सामाजिक काममा व्यस्त छन् । बेलाबेला राजनीतिमा आउँने चर्चा पनि हुने गरेको छ  । 

 नेपाली अभिनेतामा बौद्धिक अभिनेताका रुपमा हमालले आफ्नो छुट्टै पहिचान बनाएका छन् । पछिल्लो समय हमाल टेलिभिजन शो ‘को बन्छ करोडपति’ मार्फत दर्शकमाझ आएका थिए । ५४ बर्ष पुरा भई ५५ बर्षमा टेकेका हमालले निकै ढिलो केहि बर्ष अघि मात्र मधु भट्टराईसँग बिहे गरेका थिए । 

जन्मदिनको अवसरमा उनलाई फ्यान तथा सुभ–चिन्तकहरुले सुभकामना दिइरहेका छन् ।

जन्मदिनको सन्दर्भमा हमालले फेसबुकमा एउटा स्ट्याटस लेख्दै आफु २५ बर्षमा पाइला टेकेको र पिर परेको बताएका छन् । त्यसो त हमालले पटक–पटक आफु बुढो नभएको संकेत दिँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय