रुपन्देहीको देवदहमा एकजनाको हत्या, पाँचजना पक्राउ

ehulaki
ई-हुलाकी | जेठ २६, २०७६ आइतबार | 0

बुटवल । रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ८ विशालनगरका २८ वर्षीय सुमन थापाको गएराति हत्या भएको छ ।

मृतक थापा कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा नीलडाम भेटिएको थियो  । प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवल पुराइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय