चिनी पनि चुरोट जत्तिकै हानिकारक ?

ehulaki
----------------- | जेठ २६, २०७६ आइतबार | 0

बीबीसी । ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्य खोल राख्नुपर्ने बाध्यकारी व्यवस्था गरियो । त्यो सबै मानिसहरूलाई चुरोट खानबाट निरुत्साहित गर्न गरिएको हो ।

र, चिनी पनि चुरोटकै बाटो लागिरहेको देखिन्छ । ब्रिटेनमा गुलियो पेय पदार्थमाथि कर लगाइएको छ ।

र अहिले अग्रणी थिङ्क ट्याङ्कले गुलिया पदार्थको आवश्यकता भन्दा बढी खपतका कारण चिनी प्रयोग हुने सबै खाद्यपदार्थहरूलाई आकर्षक नबनाइयोस भनेर साधारण खोल राखेर बेच्नुपर्ने व्यवस्था गर्न माग गरिएको छ ।

उक्त माग इन्स्टिट्यूट फर पब्लिक पोलिसी रिसर्च (आइपिपिआर) ले आफ्नो नयाँ प्रतिवेदनमा गरेको छ ।


सामान छान्न उपयोगी

आइपिपिआरका निर्देशक टम किबासी यसले साँच्चै फरक पार्ने विश्वास गर्छन् ।

'साधारण खोलले हामीलाई राम्रो सामान छान्न मद्दत गर्छ र व्यस्त अभिभावकलाई सामान किनिदिन कर गर्ने बच्चाले गर्ने पिरलोमा कमी ल्याउँछ', उनले भने ।

यसको साथै तयारी खानेकुराहरूको विज्ञापनमा पनि प्रतिबन्ध लगाउने लगायतका अरू उपायहरू अपनाइएको उनी हेर्न चाहन्छन् ।

त्यसबारे पहिल्यै मन्त्रीहरूले सोचिसकेका छन् ।

कदमविरुद्ध उद्योग

उद्योगहरूले यसबारे आपत्ति जनाइसकेका छन्। खाद्यान्न र पेय पदार्थसम्बन्धी महासङ्घले सामानको ब्र्याण्डिङ गर्न पाउनु आफ्नो 'आधारभूत व्यवसायिक स्वतन्त्रता' र 'प्रतिस्पर्धा विपरित' भएको दाबी गरेका छन् ।

त्यस्तै खालको तर्क चुरोट उद्योगहरू पनि अघि सारेका थिए। तर एकपछि अर्को सरकारले त्यसपछि कडा अडान राख्दै आएका छन् ।

तर गुलिया खानेकुराहरूमा साधारण खोल हाल्ने कुरालाई भने सरकारले निर्देशन दिइसकेको छैन ।

बरु, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी मन्त्रालय डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केअरले इङ्गल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक डेम स्याली डेभिसले के भन्छिन् त्यो सुन्न पर्खिरहेको जनाएको छ ।

किनरु किनभने सन् २०३० सम्ममा बालबालिकामा देखा पर्ने मोटोपनाको समस्या आधा कम गर्ने लक्ष्य पूरा गर्न साहसिक कदम चाल्न आवश्यक छ ।

त्यसका लागि कुनै पनि कसर बाँकी नराखिएको सुनिश्चित गर्नका लागि डेम स्यालीलाई त्यस्ता कदमहरूको समीक्षा गर्न भनिएको छ ।

खासमा, उनले आइपिपिआरले अघि सारेको अर्को उपाय अपनाउन पनि सुझाव दिइसकेकी छन् ।

त्यो उपाय भनेको चाहिँ गुलियो पेय पदार्थदेखि अन्य अस्वस्थकर खानेकुरासम्म कर बढाउनु एउटा सहि विकल्प हुने उनको सुझाव छ ।

र, उनी साधारण खोलको उपायबारे पनि खुला छिन् जुन अझै कडा कदम हुने पक्का छ ।


सबै चुरोटहरूले स्वास्थ्यमा हानी पुर्याउने सचेतना सन्देशसहित हरियो सादा खोलले बेरेर बेच्नुपर्छ
बितेको दशकबाट के स्पष्ट भएको छ भने जे सम्भव छैन भन्ने देखिएको थियो त्यो छिट्टै सम्भव हुनसक्छ ।

सन् नब्बेको दशकको सुरुमा स्वास्थ्य अभियानकर्मी र प्राज्ञिक निकायहरूले सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध लगाउनुपर्नेमा निरन्तर दबाब दिइरहेका थिए ।

सरकारले एकपछि अर्को गर्दै उक्त कदमलाई निरूत्साहित गर्‍यो ।

तर पेट्रिसिया हेविट स्वास्थ्यमन्त्री भएपछि अवस्था विस्तारै परिवर्तन हुनथाल्यो एकपछि अर्का कडा उपायहरू अवलम्बन गरियो ।

उनको त्यस्तो प्रयासले काम गरेको देखिन्छ किनकि विगत १० वर्षमा चुरोट पिउनेको दरमा एक तिहाईले कमी आएको छ ।

चुरोटको विकल्पमा विद्युतीय उपकरणमार्फत निकोटिन मिश्रित वाफ तान्ने र फाल्ने 'भ्यापिङ'को वृद्धिका कारण पनि चुरोट पिउनेको सङ्ख्यामा कमी आएको हो ।

तर जनस्वास्थ्यबारे चालिएका कडा नियमहरूको पनि त्यसमा भूमिका रहेकोमा कुनै शङ्का छैन ।

सुर्तीजन्य उत्पादनमा सादा खोल हाल्नुपर्ने नियम पहिलोपटक लगाउने अस्ट्रेलियाकै उदाहरण हेर्ने हो भने पनि त्यस्तो कदमले धूमपान दरमा कमी ल्याउन उल्लेख्य भूमिका खेल्ने देखाएको छ ।

मोटोपनाबारे बहस तीब्र रुपमा बढिरहँदा चिनीमाथि चालिने कडा कदमहरूको पक्षमा धेरै कुरा सुन्न पाइने अपेक्षा गर्नुहोस् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय