‘नाकको हड्डी भाँच्ने’ अभिव्यक्ति फिर्ता लिए इटहरीका मेयर चौधरीले

ehulaki
ई-हुलाकी | जेठ २६, २०७६ आइतबार | 0

काठमाडौं । पत्रकार विराट अनुपमलाई ‘नाकको हड्डी भाँच्ने’ धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । मेयर चौधरीले एक विज्ञप्ति जारी गर्दै ‘आवेगजन्य परिस्थितिका कारण’ भन्दै आफ्नो अभिव्यक्ति फिर्ता लिएको जनाएका छन् ।

मेयर द्वारिकलाल चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेसजगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’ मेयर चौधरीले आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट पुराउने आफ्नो मनशाय नभएको समेत स्पष्ट पारेका छन् ।

मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा पनि गरेका छन् । उनले प्रेस स्वतन्त्रताप्रति इटहरी नगरपालिका प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । मेयर चौधरीको अभिव्यक्तिपछि चर्किएको विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समितिले सहजीकरणको भूमिका निर्वाह गरेको थियो ।

विज्ञप्तिको पूर्णपाठ :


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय