स्वागतद्वार बनाउँदा करेण्ट लागेर एक युवक घाइते, यसरी गरियो उद्धार

ehulaki
Photo: Kuldeep Neupane
ई-हुलाकी संवाददाता | जेठ २६, २०७६ आइतबार | 0
Photo: Kuldeep Neupane

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १४ र १५ को बालमन्दिर नजिक मिलनचोक टोल विकास संस्थाले निर्माण गर्न थालेको स्वागतद्वार बनाउँदै गर्दा करेण्ट लागेर एक युवक घाइते भएका छन् । घाइते युवक सल्यानको शारदा नगरपालिका– ३ सिरुवारका २५ वर्षीय हरिबहादुर विष्ट भएको बताइएको छ ।

मिलनचोक प्रवेश गर्ने प्रवेशद्वार निर्माणको काम गर्दै गरेको अवस्थामा बिष्टलाई करेन्ट लागेको हो । करेन्टबाट गम्भीर घाइते भएका बिष्टको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय