विश्वकपमा अचम्मः छक्का गएको बलमा ब्याट्म्यान बोल्ड, छक्का भयो कि विकेट? (भिडियो)

ehulaki
----------------- | जेठ २७, २०७६ सोमबार | 0

काठमाडौं। जोफ्रा आर्चर इङल्याण्डको राष्ट्रिय टिममा डेब्यू गरेसँगै चर्चामा छन् । तीब्रगतिका यी बलरले यस संस्करणको विश्वकपमा सबैभन्दा तीब्र गतिमा बल फालेको रेकर्ड बनाएका छन् । आर्चरले हिजो भएको बंगलादेशविरुद्धको खेलमा फालेको बल पनि निकै चर्चामा छ । 

हिजो कार्डिफमा भएको खेलमा आर्चरले फालेको बल स्टम्पमा लाग्यो र ब्याट्सम्यान बोल्ड भए । तर, आर्चरले यतिसम्म शक्तिशाली बाउन्सर फालेका थिए कि त्यो बल स्टम्प उडाउँदै बाउण्ड्रीबाहिर पुग्यो । आर्चरले १४३ किलोमिटर प्रतिघण्टाको रफ्तारमा फ्याँकेको बलले विकेटकिपरलाई नै नाघेको थियो । 

यो घटना चौथो ओभरको दोस्रो बलमा भएको थियो, जब बंगलादेशका ब्याट्सम्यान सौम्य सरकार ब्याटिङ गरिरहेका थिए । सौम्य सरकारले आर्चरले फ्याँकेको बल रोक्ने प्रयास गरेका थिए तर उनी क्लिन बोल्ड भए र मात्र २ रन बनाएर आउट भए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय