बार्सिलोना र पिएसजीको तानातानका बीच ग्रिजम्यानले कुन क्लव जाने निश्चय गरे

ehulaki
----------------- | जेठ २७, २०७६ सोमबार | 0

काठमाडौं। एथ्लेटिको मड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यानले लस रोजी ब्लांकोस छाड्ने भएपछि उनलाई अनुबन्ध गर्न क्लवहरु प्रयासरत छन् । यही बीचमा ग्रिजम्यानले आफूलाई आफ्नो गन्तव्य पहिल्यै थाहा भएको बताएका छन् । 

यी फ्रेन्च फरवार्ड १ जुलाइमा अर्को क्लव जाने बताइएको छ । उनलाई रिलिज गर्ने मूल्य सुरुमा २०० मिलियन युरो तोकिएकोमा अहिले त्यो झरेर २० मिलियन युरो भएको छ । ‘मलाई थाहा छ म अर्को सिजन कहाँ खेल्दैछु’ टेलिम्याटिनसँगको एक अन्तरवार्तामा ग्रिजम्यानले भने । तर, उनले आफ्नो गन्तव्य आफूलाई थाहा भएको बताए पनि उनले अर्को क्लव कुन हो भन्ने खुलाएनन् । 

उनले एथ्लेटिको छाड्ने घोषणा गरेसँगै उनलाई अनुबन्ध गर्न थुप्रै क्लवहरु प्रयासरत छन् । धेरै क्लवहरुको प्रयासबीच उनलाई अनुबन्ध गर्ने मुख्य दावेदारको रुपमा स्पेनको बार्सिलोना र फ्रान्सको पेरिस सेन्ट जर्मेनलाई लिइएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय