हावाहुरीबाट पर्सामा १ युवकको मृत्यु, ५ घाइते

ehulaki
----------------- | जेठ २७, २०७६ सोमबार | 0

पर्सा । पर्सामा हावाहरीका कारण १ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । आइतबार साँझ आएको हावाहुरीबाट पर्साको ठोरी गाउँपालिकामा एक जना युवकको ज्यान गएको हो।

ठोरी गाउँपालिका वडा नं मावली घरमा बस्दै आएका २१ वर्षका राजु बिष्टको ज्यान गएको हो । भैँसी चराउन गएका बेला हावाहुरीसँगै परेको चटयाङले लागेर बिष्टको ज्यान गएको हो ।

चटयाङले लागेर बिष्टको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दार्चुला जिल्ला घर भएका बिष्ट कक्षा ११ को परिक्षा सकेर ठोरीस्थित मावली घरमा आएका थिए । यस्तै आइतबार साँझ आएको हावाहुरीले वीरगञ्ज महानगरपालिका वडा नं–७ मा निर्माणाधिन घर भत्काएको छ ।

महेश शाहको निर्माणधिन घर भत्किदा त्यसमा च्यापिएर १५ वर्षीय सुनिल पटेल, १८ वर्षका दिपेन्द्र पटेल र १६ वर्षका ओमप्रकाश शाह घाईते भएका छन । यस्तै वीरगञ्ज महानगरपालिका १६ ईनर्वा टोलमा नेकमहम्द अन्सारीको घर हावाहुरीले भत्काउदा उनकी श्रीमती र छोरी घाईते भएका छन ।

घर भत्किदा अन्सारीकी श्रीमती ३८ वर्षकी पत्नी शायदा खातुन र छोरी १४ वर्षीया गुल्सन खातुन घाईते भएकी हुन् । हावाहुरीबाट घाईते भएका पाँचै जनाको नारायणी अस्पतालमा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 २ घण्टा अघि

सम्बन्धित समाचार
लोकप्रिय