१९ वर्षपछि हत्यारा पक्राउ

ehulaki
----------------- | जेठ २७, २०७६ सोमबार | 0

भक्तपुर । भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतीको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले हत्यामा संलग्न देवीरमण  अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीले २०५७ असार ८ गते आफुले काम गरेको घरकै घरबेटी ३३ वर्षीया विजेश्वरी प्रजापतिको हत्या गरेका थिए । 

हत्यारा भनिएका अधिकारी त्यसबेला प्रजापतीको घरमा घरेलु कामदारको रुपमा काम गर्थे । हत्या गÞर्नुअघि अधिकारी र बिजेस्वरी प्रजापतिबीच काम बापतको तलबका विषयमा वादविवाद भएको थियो । आफूले काम गरेको पैसा दिन आनाकानी गरेको रिसमा प्रजापतीको हत्या गरेर अधिकारी फरार भएका थिए । 

हत्यापछि नेपाल र भारतमा लुकिछिपि बस्दै आएका अधिकारीलाई प्रहरीले नेपाल भारतको सीमा नजिक बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरिले बताएको छ । पक्राउ परेका अधिकारीलाई लाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जिम्मा लगाइएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय