क्रिकेटबाट युवराज सिंहले लिए सन्यास

ehulaki
----------------- | जेठ २७, २०७६ सोमबार | 0

काठमाडौं । भारतीय क्रिकेटर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन् । विश्वकप विजेता युवराजले सोमबार सन्यासको घोषणा गर्दै सबै प्रकारका खेलबाट सन्यास लिएको जानकारी दिएका छन् ।

अन्तिम पटक सन् २०१७ मा अन्तराष्ट्रिय क्रिकेट खेलका ३७ वर्षीय युवराजले भारतबाट ४० टेष्ट, ३०४ एकदिवसीय र ५८ टी–ट्वान्टी खेलेका खेलेका थिए । 

उनले सन् २००३ मा डेब्यु गरेका हुन् भने आफ्नो अन्तिम खेल सन् २०१७ मा वेष्ट इण्डिजविरुद्धको एकदिवसीय खेलेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय