पाकिस्तानका पूर्व राष्ट्रपति जरदारी पक्राउ

ehulaki
----------------- | जेठ २७, २०७६ सोमबार | 0

इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तानी पिपल्स पार्टीका सह प्रमुख आसिफ अली जरदारी पक्राउ परेका छन् । पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमानसमेत रहेका जरदारीलाई पाकिस्तानी नेशनल अकाउन्टबिलिटी ब्यूरो (एनबी)ले पक्राउ गरेको जनाइएको छ । 

इस्लामावाद उच्च अदालतले सोमबार अकुत सम्पत्ति मुद्दामा जरदारी र उनकी बहिनी फरयाल तालपुरको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो । न्यायधीश आमिर फारुक र न्यायधीश मोहसिन अख्तर कियानीको इजलासले जमानात निवेदन खारेज गर्दै उनीहरुलाई पक्राउ गर्न आदेश दिएको थियो ।

जरदारी र उनकी बहिनी अकुत सम्पत्ति मुद्दाका मुख्य अभियुक्त हुन् । उनीहरुमाथि अवैध बैंक खाता र देश बाहिर रुपैयाँ पठाएको आरोप छ । इस्लामावादस्थित जरदारीको घरमा सोमबार ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका थिए । 

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार शुरुमा जरदारीको घरमा एनबीको टोलीलाई रोकिएको थियो । जरदारीलाई पक्राउ गर्नुपूर्व एनबीको टोलीले पाकिस्तानी संसदका सभामुखको अनुमति लिनुपरेको थियो । अदालतको फैसला आउनुभन्दा पहिला नै उनीहरु अदालतबाट बाहिरिएका थिए । अब जरदारीले सो विषयमा सर्वोच्च अदालतमा पुनरावेदन गर्नसक्ने विकल्प रहेको जनाइएको छ ।

जरदारी र उनकी बहिनीमाथि यो मुद्दामा नक्की बैंक खाताका माध्यमबाट करि साढे ६ अर्ब नेपाली रुपैयाँ बराबर देश बाहिर पठाएको आरोप छ । पाकिस्तान पिपल्स पार्टीका प्रमुख तथा जरदारीका छोरा बिलावल भुट्टोले जरदारीको पक्राउपछि आफ्ना कार्यकर्तालाई शान्त रहन अपील गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ३ घण्टा अघि

सम्बन्धित समाचार
लोकप्रिय