गल्ती विरुद्ध अर्को गल्ती : लोकसेवालाई सच्याउने कि, करारमा आसेपासे राख्ने?

ehulaki
ई-हुलाकी | जेठ २७, २०७६ सोमबार | 0

संसदको राज्य व्यवस्था समितिले विवादस्पद लोकसेवा आयोगको कर्मचारी भर्ना आह्वान सम्बन्धी विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । लोक सेवा आयोगले स्थानीय तहकालागि १ हजार भन्दा बढी कर्मचारी भर्नाकालागि विज्ञापन आह्वान गरेको थियो ।

सोमबार समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसँग छलफल गरेपछि लोक सेवा आयोगको विज्ञापन संविधानको भावना र मर्म विपरित रहेको भन्दै रद्द गर्न निर्देशन दिएको हो ।

समितिले संविधानको धारा २९३ अनुसार आयोगकलाई विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णय गरेको हो । उक्त धारामा संसदीय समितिले संवैधानिक आयोगहरुलाई निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ ।

समितिले प्रदेश र स्थानीय तहको संगठन र व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दीको संख्या यकिन गरपछि मात्र समानुपातिक समावेशीको सिद्धान्तका आधारमा विज्ञापन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

लोक सेवा आयोगले कर्मचारी भर्ना सम्बन्धी विज्ञापन आह्वान गरेपछि संसदमा त्यसको चर्को विरोध भएको थियो । प्रतिपक्षसँगै सत्तारुढ दलका सांसदलेसमेत आयोगको विज्ञापन प्रति आपत्ति जनाएका थिए ।

लोकसेवाले संघीयता अनुकुल बिज्ञापन गरेन भन्ने बहानामा त्यसलाइ सच्याउन छाडेर करारमा नियुक्ति गर्ने बाटो खोल्नुलाई समितिको बद्नियत सङ जोडेर चर्चा सुरु भएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय