विश्वकप: वर्षाले खेल रद्द हुँदा दक्षिण अफ्रिका संकटमा, सेमिफाइनल प्रवेश कठिन

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

काठमाडौं । बेलायतमा जारी विश्व कप क्रिकेटको सोमबार खेल वर्षाले प्रभावित भएपछि रद्द भएको छ । दक्षिण अफ्रिका र वेष्टइण्डिजको सो खेलमा दक्षिण अफ्रिाकाले टस हारेर पहिला ब्याटिं गरिहेको बेला वर्षा भएको थियो । 

दक्षिण अफ्रिकाले ७ ओभर २ बल खेल्दा दुई विकेट गुमाइसकेको थियो । स्कोर बोर्डमा २९ रन हुँदा वर्षा भयो । खेल रद्द भएपछि दुबै टिमले एक एक अंक बाँडे । जारी विश्व कपमा  जितबिहीन रहेको दक्षिण अफ्रिकाले रद्द खेलबाट एक अंक जोड्न सफल भयो । दक्षिण अफ्रिाका लगातार ४ खेलमा जित निकाल्न नसकेपछि अब उसको सेमिफाइनल यात्रा कठिन बनेको छ । एक टिमले ९ खेल खेल्ने प्रतियोगिताको सेमिफाइनलमा पुग्न कम्तिमा ५ खेल जित्नुपर्ने हुन्छ । अब दक्षिण अफ्रिकाले खेल बाँकी रहेका ५ मध्ये एक खेल पनि पराजित भए उसको  विश्व कप यात्रा समाप्त हुने खरता रहन्छ । 

उता प्रतियोगितामा राम्रो प्रदर्शन गरिहेको वेष्टइण्डिजले दक्षिण अफ्रिाकाविरुद्धको खेल रद्द हुँदा स्पष्ट दुई अंक प्राप्त गर्ने अवसर गुमायो । उसको तीन खेलबाट ३ अंक भएको छ । दक्षिण अफ्रिकाका शुरुआती दुई विकेट लिएर दबाबमा राखेको समयमा भएको वर्षाले वेष्टइण्डिजलाई एक अंकको घाटा भएको मान्न सकिन्छ । यद्यपी सो खेल जसले पनि जित्न सक्ने अवस्था थियो । 

जारी प्रतियोगितामा १५ खेल सकिँदा आफ्ना तीन वटै खेल जितेको न्यूजिल्याण्ड शीर्ष स्थानमा छ भने तीन खेलमा दुई जितेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ भने दुबै खेल जितेको भारत तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको अष्ट्रेलियाले तीन मध्ये दुईमा जित हात पारेको छ । 

पाँचौं स्थानमा वेष्टइण्डिज छ भने छैटो स्थानमा श्रीलंका र ७ औं स्थानमा पाकिस्तान छ । यस्तै आठौं स्थानमा बंगलादेश र नवौं स्थानमा दक्षिण अफ्रिका छ । उता तीन खेलमा अंकबिहीन रहेको अफगानिस्तान पुछारमा छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय