श्रीलंकामा मुस्लिम डाक्टरले ४ हजार बौद्ध महिलामाथि गरेको घृणित अपराधको खुलासा

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

कोलम्बो। श्रीलंकाको एउटा मिडिया रिपोर्ट प्रकाशित भएपछि साम्प्रदायिक तनाव बढेको छ । आफ्नो कट्टर राष्ट्रवादको लागि प्रसिद्ध श्रीलंकाली अखबार दिवाइनाले आफ्नो पहिलो पृष्ठमा एक रिपोर्ट प्रकाशित गरेको थियो जुन रिपोर्टमा एक मुस्लिम डाक्टरले सिजेरियल डेलिभरीपछि करिब ४ हजार सिंहल बौद्ध महिलाको गोप्य तरिकाले परिवार नियोजन गरिदिएको दावी गरिएको थियो । 

यो रिपोर्टमा डाक्टरको पहिचान खुलाइएको थिएन । रिपोर्टका अनुसार ती डाक्टर त्यही नेशनल तौहिद जमात नामको समूहका सदस्य हुन् जुन समूहले इस्टर आइतबारको दिन क्रिस्चियन समुदायमाथि आक्रमण गराएको थियो । रोयटर्सले यस विषयमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ तर उसले अहिलेसम्म यो दावीको कुनै तेस्रो पक्षबाट सबुत प्राप्त नभएको जनाएको छ । 

श्रीलंकामा मुस्लिमहरुको घर, पसल र मस्जिदलाई भीडले जलाइदिएको घटनाको एक हप्तापछि नै यो रिपोर्ट प्रकाशित गरिएको थियो । श्रीलंकामा इस्टरका दिन क्रिस्चियनमाथि आक्रमण गरिएको घटनापछि मुस्लिमविरुद्ध हिंसा बढेको छ । अखबारका सम्पादक अनुरा सोलोमन्सले रोयटर्सलाई बताएअनुसार उनको रिपोर्ट पुलिस र अस्पतालका सूत्रमा आधारित छ तर डाक्टरको पहिचान गर्न सकिएको छैन ।

एक मुस्लिम डाक्टरमाथि बौद्ध महिलाको जबरजस्ती परिवार नियोजन गरिदिएको आरोपले बौद्ध बाहुल्यता भएको देशमा दंगा भड्काउन सक्छ । यहाँ बौद्धहरुले मुस्लिममाथि धेरै बच्चा जन्माएर आफ्नो संख्या बढाइ देशमा प्रभाव बढाउने कोसिस गरेको आरोप लगाउने गर्छन् । 

यो रिपोर्ट प्रकाशित भएको दुई दिनपछि डाक्टर सेगु शिहाबदिन मोहम्मद शफीलाई पुलिसले गिरफ्तार गरेको छ । पुलिसका अनुसार उनीमाथि संदिग्ध स्रोतबाट आएको धनबाट सम्पत्ति किनेको आरोप छ । पुलिसले परिवार नियोजको आरोपमाथि पनि जाँच गरिरहेको छ र कुनै पीडित महिलाले बयान दिने प्रतिक्षा पनि गरिरहेको छ । 

पुलिस प्रवक्ता रुवुन गुणसेखराले रोटर्सलाई बताएअनुसार शफीलाई मनी लन्ड्रिङ एक्ट अनुसार आरोपी बनाइएको हो । तर, उनले परिवार नियोजनको दावी सम्बनधी जानकारी दिन अस्वीकार गरेका छन् । शफीका वकिल फेरिस सैलीले पूरै जाँच गलत तरिकाले भइरहेको दावी गरेका छन् किनकि शफीको गिरफ्तारीपछि पनि कुनै बयान दिने व्यक्ति वा साषीलाई बोलाइएको छैन । उनले सबै आरोप निराधार भएको दावी गरे । 

शफी बौद्धको केन्द्र कुरेलगलामा चर्चित फिजिसियन हुन् । यो षेत्रमा सेनाका जवानको ठूलो संख्यामा तैनाथी हुन्छ र यो पूर्व राष्ट्रपति तथा राष्ट्रवादी महिन्द्रा राजापाक्षेको निर्वाचन क्षेत्र पनि हो । यो रिपोर्टले यस क्षेत्रमा साम्प्रदायिक तनाव बढाएको छ । बहुसंख्यक सिंहल बौद्ध समुदायका भिक्षु कुरेनगला शिक्षण अस्पतालअगाडि विरोध प्रदर्शन गरिरहेका छन् जहाँ शमीले काम गर्छन् ।

३८ वर्षीय ड्रइभरले अस्पतालमा प्रतिक्षा गरिरहेका छन् । उनकी पत्नीले १ वर्षअघि डाक्टर शफीले गरेको सी सेक्सन डेलिभरीको बारेमा विस्तृत बयान दिएकी छिन् । उनी भन्छन् ‘यदि आरोप प्रमाणित भयो भयो यो कुरा प्रस्ट हुन्छ कि डा. शफी सिंहल जाति समाप्त पार्न चाहन्थे ।’ यो खबरले उनी तनावमा छन् किनकि उनी र उनकी पत्नीले विगत ६ वर्षदेखि दोस्रो सन्तानको लागि असफल प्रयास गरिरहेका छन् ।

शफीको परिवारले भने सबै आरोप गलत भएको बताएका छन् । त्यही अस्पतालमा काम गर्ने मृगौलाकी डाक्टर तथा उनकी पत्नी फातिमा इमाराले राजनैतिक समस्या र इष्र्याका कारण उनलाई निशाना बनाइएको बताएकी छिन् । एक अन्तरवार्तामा इमाराले आफ्ना पती सच्चा मुस्लिम भएको र राम्रो डाक्टर भएको भन्दै उनी कुनै आतंकवादी समूहका सदस्य नभएको बताएकी थिइन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय