नयाँ कानुन र मेलमिलापका पक्षबारे सिक्दै १ सय बढी मेलमिलापकर्ता

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २८, २०७६ मंगलबार | 0

दाङ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका मेलमिलापकर्ताका लागि आयोजना गरिएको २ दिने अभिमुखिकरण तालिम सकिएको छ । मेलमिलाप कर्तालाई नयाँ कानुनका साथै मेलमिलापका विभिन्न पक्षका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको तालिममा उपमहानगरपालिकाभित्रका १ सय वढी मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।
 
तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रवक्ता सूर्यबहादर डाँगीले मेलमिलापकर्ताहरुलाई सिकेको कुरा गाउँठाउँमा प्रयोग गर्न आग्रह गरेका थिए । उनले मेलमिलापकर्ताले समाजमा द्वन्द्व न्युनिकरणका लागि काम गर्न आग्रह समेत गरे । जनतालाई सर्वसुलभ न्याय उपलब्ध गराउनु सबैको दायित्व भएकाले जनताले पनि आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरे ।
 
तालिममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, उच्च अदालत तुलसीपुरका इजलास प्रमुख निरञ्जनबाबु पाण्डे लगायतले प्रशिक्षण दिएका थिए । न्यायिक समिति सदस्य यमुना परियारको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता कमल केसी, ललिता कँडेल, वडा सदस्य युवा करारा लगायतले मन्तव्य राखेका थिए । न्यायिक समिति सदस्य जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुशीला शाहले गरेकी थिइन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय