विप्लव निकट अखिल क्रान्तिकारीद्धारा शैक्षिक हड्तालको घोषणा

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले असार ६ गते शैक्षिक हड्तालसहितको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । 

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्तिमार्फत आफ्ना नेता तथा कार्यकर्ता प्रकाउ गरिएको भन्दै हड्तालको घोषणा गरेका हुन् । 

‘देशैभरीबाट गैह्रन्यायीक गिरफ्तार गरिनु भएका हाम्रो संगठनका सबै कमरेडहरुलाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न जोडदार माग गर्दछौं । साथै उहाँहरुको रिहाईको निम्ति निम्न चरणबद्ध संघर्षका कार्यक्रमहरु जस्तै जेठ ३० र ३१ गते : देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा । असार १, २ र ३ गते : जुलुस प्रदर्शन । असार ४ गते : देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम ९९ बजेदेखि १० बजेसम्म  । असार ५ गते : देशव्यापी मसाल जुलुस । असार ६ गते : गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रहहरु घोषणा गरिने छन् ।’ विज्ञप्तीमा भनिएको छ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय