आफ्नै १८ बर्षकी छोरी माथि बलात्कार गर्दै आएका मन्त्रालयका उपसचिव पक्राउ

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

काठमाडौं । आफ्नै छोरीमाथि जर्बजस्ती करणी गर्ने एक जना सरकारी अधिकारी पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवलाई प्रहरीले सोमवार दिउसो पक्राउ गरेर अनुसन्धान थालेको छ ।

ललितपुरमा कक्षा १२ मा पढ्ने आफ्नै १८ बर्षकी छोरीलाई उनले बलात्कार गर्दै आएका थिए । विगत २–३ वर्षदेखि उनले जर्बजस्ती करणी गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

उनले छोरीलाई 'विदेशतिर छोरीसँग बाबुले सम्पर्क राख्ने गरेको' बताउँदै जर्बजस्ती करणी गर्दै आएका थिए । घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए ।

कलेजमा शिक्षकसँग समेत प्रेममा रहेकी ती किशोरीले प्रेमीकै दबाबमा बाबुविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । यो  विषय श्रीमतीलाई पनि थाहा थियो तर, उनले बेइज्जती हुने डरले घटना गुपचुप रोखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महोत्तरी घर भएको यो परिवारको हाल ललितपुरमा पनि घर रहेको बताइएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय