शंखमुलको शानदार मःम पसलमा भीषण आगलागी

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

काठमाडौं । शंखमुलको शानदार मःम पसलमा भीषण आगलागी भएको छ । आगलागीबाट शानदार मःम पसल रहेको घरको भुइँतला पुरै जलेको छ । आगलागी भएपछि काठमाण्डौं र भक्तपुरका दमकल आगो निभाउन पुगेका छन् । ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।

आगालगीका क्रममा शानदारमा कार्यरत एकजना मजदुर जलेका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।  मःम सेन्टरमा आगलागी भएपछि स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय