दुर्घटनामापरी स्कुटर चालकको मृत्यु

ehulaki
रासस | जेठ २८, २०७६ मंगलबार | 0

पोखरा  । गाडीको ठक्करबाट पोखरामा आज बिहान ११:२५ बजे एक स्कुटरचालकको मृत्यु भएको छ ।

काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले ठक्कर दिएपछि जिल्ला अस्पतालमा पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।     

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय