युट्युव मार्फत फिल्मको बदनाम मेमे नेपालका सञ्चालक गौतम पक्राउ

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

काठमाडौं । युट्युव मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका १४ बिजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरबिक्रम २ को प्रचार प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको ब्यापार ब्यबसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनि निर्देशक राईको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले प्रनेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

गौतमले चलचित्र ‘बीर विक्रम २’ समीक्षा भन्दैं ठट्यौली भाषामा यूट्युब च्यानल मेम नेपालमा १५ मिनेट ५० सेकेण्डको भिडियो पोष्ट गरेका थिए। उनको भिडियोमा चलचित्रको कथा हिन्दी चलचित्र ‘शोले’ सँगै हुँबहुँ मिल्ने र नयाँ केही नभएको आरोप लगाइएको थियो ।

यूट्युब च्यानलले चलचित्रको व्यापार र साखमा असर परेको भन्दैं निर्माता÷निर्देशक मिलन चाम्सले दुई साताअघि नै प्रहरीसमक्ष उजुरी दिएको थिए । 

प्रनेसको भिडियो समग्र चलचित्रविरोधी भएको भन्दैं चलचित्रकर्मीहरू स्वयंले उनीमाथि सजाय गर्न माग गरेका थिए, जुन अस्वभाविक थियो । 
चलचित्रको आलोचना गर्दैमा पक्राउ गरिनू अभिव्यक्ति स्वतन्त्रतामाथिको हनन् भएको कतिपयको भनाइ छ । 

यो चलचित्र ३ जेठमा रिलिज भएको थियो । त्यसको पाँच दिनपछि राखिएको यो यूट्युब भिडियो अहिले हटाइसकिएको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय