कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई खेलौना गाडी उपहार

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

सुर्खेत । साझा विवेकशील पार्टीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई खेलौना गाडी उपहार दिएको छ ।

कर्णाली प्रदेशको आधाभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेको र त्यस्तो प्रदेशका शासकहरुले बिलासी गाडी चढ्न उपयुक्त नहुने भन्दै साझा विवेकशील पार्टीले मुख्यमन्त्री शाहीलाई खेलौना गाडी उपहार दिएको हो । मंगलबार साझा विवेकशील पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहालले मुख्यमन्त्री शाहीलाई खेलौना ‘रातो गाडी’ उपहार दिए ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्य हुनै लाग्दा ठूलो बजेट रकमान्तर गरेर ५४ वटा गाडी खरिद गरेको छ । सो कामको विरोधमा रहेको साझा विवेकशील पार्टीले सांकेतिक रुपमा मुख्यमन्त्रीलाई खेलौना ‘रातो गाडी’ उपहार दिएको हो । 

प्रदेश सरकारको आफ्नो कुनै आम्दानी नभएको र संघीय सरकारले दिने बजेट विकास निर्माणमा खर्च नगरी विलासिताका सामग्रीमा खर्च गरेको प्रति साझा विवेकशील पार्टीले असन्तुष्टी व्यक्त गरेको छ ।

मुख्यमन्त्री शाहीलाई खेलौना हस्तान्तरण गर्दै नेता दाहालले कर्णाली प्रदेशका जनताको अवस्था निकै नाजुक रहेको, गरिबीका कारण छाक टार्न पनि धौधौ भएको अवस्थामा जनताको करबाट संकलित रकममा जनताका प्रतिनिधिहरुले रजाई गर्न नहुने धारणा राखे ।

सो पार्टीले कर्णाली प्रदेशमा दिगो विकासका कार्यक्रमहरु सुरु गर्न, आधारभूत आवश्यकताका विषयहरु शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरुमा ध्यान दिन मुख्यमन्त्री शाहीलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय