सेफ्टी ट्याङकीमा खसेर दार्जुलामा ४ विद्यार्थीको मृत्यु

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा  विद्यालयको ट्याङकीमा खसेर चार बालबालिकाको मृत्यु भएको छ।

स्थानीय गणेश विनायक माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङकीको स्याल्याब भत्किदा सोही विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीको भनाइ छ ।

 पानी परिरहेको बेला खल्ने क्रममा स्याल्याब भाँसिएपछि सेफ्टी ट्याङकिमा परेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा  निरुता ठगुन्ना, अनुष्का धामी, युनिका ठगुन्ना र सुदिश धामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय