प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मे बीच भेटवार्ता

ehulaki
तस्विर : चिरन शर्मा
----------------- | जेठ २८, २०७६ मंगलबार | 0
तस्विर : चिरन शर्मा

काठमाडौं । यूरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री केपी ओली र उनका बेलायती समकक्षी टरिजा मेबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार बेलायतको राजधानी लन्डनमा भेटवार्ता भएको हो । 

वार्ताका क्रममा उनीहरुबीच गोर्खा सैनिकका समस्याबारे कुरा भएको जनाइएको छ । भूपु गोर्खा सैनिकहरुले पेन्सनमा भेदभाव हुने गरेको भन्दै कानुनी र कुटनीतिक लडाईँ गर्दै आएका छन् । प्रधानमन्त्री ओलीको बेलायत भ्रमणका समयमा यो विषयले प्रवेश पाएको हो । 

बेलायती प्रधानमन्त्री मे र प्रधानमन्त्री ओलीबीच वार्ता हुनुभन्दा अगाडि बेलायतमा रहेका भूपु गोर्खा सैनिकका पदाधिकारीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना गुनासाहरु सुनाएका थिए । 

भेटवार्ताका क्रममा आपसी सम्बन्ध, व्यापार तगा लगानीका विषयमा पनि कुराकानी भएको जनाइएको छ । यद्यपी दुई प्रधानमन्त्रीबीच कुनै सम्झौताबारे सहमति भने भएन । बेलायती प्रधानमन्त्री मे हाल कार्यबाहक प्रधानमन्त्रीको भूमिकामा छिन् । उनी राजीनामा दिएर बसेकी प्रधानमन्त्री हुन् । त्यसैले पनि दुई पक्षिय वार्ता औपचारिकताका लागिमात्र भएको हो । कुनै दुरगामी प्रभाव पार्ने सहमति सम्झौता गर्ने अवस्थामा बेलायती प्रधानमन्त्री मे थिइनन् । 

वार्ताका क्रममा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत  डा। दुर्गाबहादुर सुवेदीलगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरेका छन् । संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताको संविधानमा रहेका ब्यवस्थाले केही कठिनाई आएको बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय