दाङ चेम्बर र घोराही चेम्बरबीच समायोजन, अध्यक्षमा सुवेदी

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २८, २०७६ मंगलबार | 0

दाङ । दाङ चेम्बर अफ कमर्श र घोराही चेम्बर अफ कमर्शको समायोजन भएको छ । शनिवार पहिलोपटक चेम्बरका जिल्ला अध्यक्ष दीपक सुवेदीको अध्यक्षता एवं घोराही चेम्वर अफ कमर्शकी अध्यक्ष मञ्जु बज्राचार्यको विशेष उपस्थितिमा बसेको समायोजनपछिको बैठकले आगामी असार १४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । 

अधिवेशनको  तयारीका लागि विभिन्न उपसमितिहरु बनाएर अघि बढ्ने निर्णय भएको समायोजनपछिको चेम्बरका जिल्ला सदस्य दुर्लभ केसीले बताए । चेम्बरका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठ, प्रदेश ५ का संयोजक भीमलाल पौडेल, तुलसीपुर नगरका अध्यक्ष टोपबहादुर घर्ति र चेम्बरका पदाधिकारीहरुबीच काठमाडौंमा भएको सहमतिबाट घोराही चेम्बर र दाङ चेम्बर आपसमा समायोजन भएको बताइएको छ ।

सहमतिअनुसार घोराही चेम्बरबाट अध्यक्षसहित ९ सदस्य र दाङ चेम्बरबाट उपाध्यक्ष लगायत १२ सदस्य गरेर २१ सदस्यीय कार्यसमिति बनाउने सहमति भएको छ । दुबै पक्षबीच भएको समायोजनको पत्र चेम्बरको केन्द्रीय समितिले लिखितरुपमा चेम्बरको जिल्ला र घोराही कार्यालयलाई पत्राचार गरेको छ । समायोजनपछि चेम्बरको अध्यक्षमा दीपक सुवेदी र घोराही चेम्करकी अध्यक्ष मञ्जु बज्राचार्य उपाध्यक्ष भएकी छन् भने अरु सबै नगरबाट प्रतिनिधित्व गर्नेगरी जिल्ला सदस्य भएका छन् । 

अध्यक्ष सुवेदीले तोकिएकै मितिमा अधिवेशन गराए जिल्ला नेतृत्व नयाँ समितिलाई हस्तान्तरण गर्नेछन् । चेम्बरको जिल्ला र नगरबीचको केन्द्रीय समितिको रोहबरमा विभिन्न चरणको वार्ताबाट सहमतिको वातावरण बनेको बताइएको छ । समायोजनपछि चेम्बरले गति लिने जिल्ला अध्यक्ष सुवेदीले बताए । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय