विमल घर्तीमगरको दुई गोलमा टिसी स्पोर्टस क्लबलाई उपाधि

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य विमल घर्तिमगर रहेको टीसी स्पोर्ट्सले माल्दिभ्सको च्यारिटी सिल्ड फुटबलको उपाधि जितेको छ ।

मंगलबार राति भएको दोस्रो लेग खेलमा फोकाइधुलाई ३–१ गोल अन्तरले पराजित गर्दै टीसीले उपाधि जितेको हो । टीसीले पहिलो लेग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो लेगमा टीसीका लागि विमल घर्तिमगरले दुई गोल गरे । विमल यसै सिजनका लागि टीसीमा अनुबन्धित भएका हुन् ।

यस्तै एक गोल इब्राहिम ऐसमले गरे । फोकाइधुका लागि अलि शाइमुले एक गोल फर्काए । योसँगै टीसीले सिजनको पहिलो उपाधि जितेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय