महिलाले भिख मागेर १७ दिनमै ५५ लाख कमाइन्, पूर्वपतिले सुराकी लाइदिएर जेल पुर्याए

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं। एक महिलाले सामाजिक संजालमार्फत भिख मागेरमात्रै १७ दिनमा ५५ लाख ६९ हजार रुपैयाँ जम्मा गरेकी थिइन् तर उले त्यो रकम उपयोग गर्न भने पाइनन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । ती महिला युरोपकी हुन् र उनले दुबइमा बसेर फरक फरक सामाजिक संजाल प्रयोग गरेर भिख मागिरहेकी थिइन् । 

पुलिसले ती महिलामाथि धोकाधडीको आरोप लगाएको छ । उनले सामाजिक संजालका अलग अलग प्लेटफार्ममा बच्चाको फोटो पोस्ट गरेकी थिइन् । उनले सामाजिक संजालमा मानिसहरुसँग आफ्ना पतिले आफूलाई छोडेको र आफ्नो काँधमा ती बच्चाको पालनपोषणको जिम्मेवारी भएको बताएकी थिइन् । पुलिसका अनुसार उनका पूर्वपतिले नै महिलाको असलियत पुलिसलाई बताएका थिए ।

दुबइ पुलिसको आधिकारिक जाँच विभागका निर्देशक जमाल अल सलेम जालफका अनुसार महिलाले फेसबुक, ट्वीटर र इन्स्टाग्राममा बच्चाहरुको फोटो पोस्ट गरेकी थिइन् । उनले आफ्नो नाममा कैयौं अनलाइन खाता बनाएकी थिइन् । पुलिसले महिलाको पहिचान खुलाएको छैन । महिलाले अलाइनमा भिख मागिरहेको उनका पूर्वपतिले थाहा पाएपछि उनले पुलिसलाई आफ्ना बच्चाहरु आफूसँगै भएको र ती महिलामाथि कुनै बच्चाको जिम्मेवारी नभएको जानकारी दिएका थिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय