शौचालयको छाना भत्किँदा चार बालबालिकाको मृत्यु

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । दार्चुलामा एक स्कुलको शौचालय भत्किँदा ४  बालबालिकाको मृत्यु भएको छ। नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा चार  बालबालिकाको घटनास्थलमै मृत्यु भएको भएको हो।

ज्यान गुमाउनेमा अन्दाजी ७/८ वर्षकी निरुता ठगुन्ना, ९/१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८/९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेलीरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकरी दिएको छ। शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको हो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय