यसवर्ष एसइई परीक्षाको नतिजा ढिलो आउने, यस्तो छ परीक्षा बोर्डको तयारी

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार तेस्रो हप्ता मात्रै आउने भएको छ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले अघिल्लो वर्ष भन्दा यो वर्ष नतिजा आँउन ढिला भएको हो ।

अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको बताए।

परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको उनको भनाइ छ। उनका अनुसार अहिले डाटा इन्ट्रीको काम भइरहेको छ। चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ चैतबाट सञ्चालन गरिएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय